इलाम क्षेत्र न. २ का लागि ०८१ वैशाख १५ गते हुने प्रतिनिसभा सदस्यको उपनिर्वाचनका लागि २० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ताका क्रममा राजनीतिक दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउन ०८० चैत २४ गते पुगेका राजनीतिक दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । उम्मेद्वारी दर्ता गराउन जाने क्रममा उम्मेद्वारहरूले निर्वाचन आचारसंहिता ०७९ विपरितका गतिविधि गरेका छन् ।

निर्वाचन प्रचारप्रसारमा विद्यालय, शिक्षक, कर्मचारी, विद्यालयको सवारी साधन, भवन प्रयोग गर्न नहुने, प्रचारप्रसार सामाग्री टाँस्न वा राख्न नहुने ९निर्वाचन आचारसंहिता दफा ४ को बुँदा ग, दफा १० को बुँदा ग र छ० निर्वाचन प्रचारप्रसार, आमसभा, तथा जुलुसमा १८ वर्ष पुरा नभएका बालबालिका प्रयोग गर्न नहुने९ निर्वाचन आचारसंहिता दफा ४ को बुँदा छ र दफा १३ को उपदफा १९ निर्वाचन प्रचारप्रसारमा गैरसरकारी तथा निजी संस्था, पदाधिकारी, कर्मचारी, संस्थाका सवारीसाधन, भवन प्रयोग गर्न नहुने, प्रचारप्रसार सामग्री टाँस्न वा राख्न नहुने निर्वाचन आचारसंहिता दफा १२०, सरकारी, अर्ध सरकारी तथा सार्वजनिक संस्था, सुरक्षा निकाय, विद्यालय, गैरसरकारी तथा निजी संस्थाका शिक्षक, कर्मचारी, पदाधिकारीले सामाजिक सञ्जाल प्रयोग गरेर राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार गर्न, मत माग्न नपाइने निर्वाचन आचारसंहिता दफा ७ बुँदा झ, दफा ८ को ज, दफा १० को ज र दफा १२ को झ आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी जो कसैले मौखिक, लिखित, सामाजिक सञ्जाल,विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले निर्वाचन आयोग तथा कार्यालयमा दिन सक्ने निर्वाचन आचारसंहिता दफा ४५ मा उल्लेख छ ।
निर्वाचन आचारसंहिता–०७९ परिच्छेद ३ को दफा ५० ले नेपाल सरकारले गठन गरेको कुनै पनि आयोगका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्ने नहुने’ व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता परिच्छेद २ को दफा ४ को ‘क’ र ‘न’ ले नेपाल सरकारको सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र ‘सरकारी स्रोत र साधन कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन आचारसंहिता ०७९ को दफा १३ को घ मा जुलुस वा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह अकित झण्डा,लोगो,स्टिकर वा कपडा , टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गाम्छा, ब्याज, माक्स वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ ।
तर, आगामी वैशाख १५ गते निर्वाचनका लागि ०८० चैत २४ गते मनोनयन दर्ता गराएका सबै उम्मेद्वारहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेका छन् ।








इलाम निर्वाचन क्षेत्र न.२ को उपनिर्वाचनका लागि चैत २४ गते २० जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । चैत २४ गते बिहान दश बजेबाट साँझ पाँच बजेसम्ममा २० जना उम्मेद्वारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वार सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले मनोनयन दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराउनु भएको छ ।
पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेशनल अर्गनाईजेशनका मनि बहादुर लिम्बू, नेपाली जनता दलका रेशम बहादुर सुनुवारले मनोनयन दर्ता गर्नुभएको छ ।
मनोनयन दर्ता गराउने स्वतन्त्र उम्मेद्वारहरुमा डाकप्रसाद गौतम,अर्जुन बहादुर शाही, केशब कुमार चापागाँई, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, र राज बस्याल रहनुभएको छ ।


उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत यस अघि नै तोकिसकेको छ ।
इलाम निर्वाचन क्षेत्र न.२ मा ७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा ८ सय ९४ जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ ।
वैशाख १५ गते इलाम क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको ०८० भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।