१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–४ का २६ वर्षीय अरविन्द दासविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० चैत २२ गते पीडित पक्षले उजुरी दिनु भयो ।
घरमा कोहि भएको अवस्थामा पीडितलाई आरोपितले फागुन २९ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
घटनापछि आरोपित दास फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी दयानिधि ज्ञवालीले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।