कोशी प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ जना मतदातासहित मतदाताको सङ्ख्या ३३ लाख बढी पुगेको छ । मोरङमा देशकै सबैभन्दा बढी ७ लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
नेपालले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् १९६६ लाई विक्रम सम्वत ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।
सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ । नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गराएका र १८ वर्ष उमेर पूरा भएका हरेक नागरिकले निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगले ०८० फागुन १३ गते कोशी प्रदेशको इलाम निर्वाचन क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते उपनिर्वाचन घोषणा गरेको छ ।
निर्वाचन आयोगले ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम,२०८० अनुसार कोशी प्रदेशमा मतदाताको सङ्ख्या ३३ लाख ४७ हजार ३ सय ८४ पुगेको छ । जसमा महिला मतदाता १६ लाख ४७ हजार ५ सय ६१, पुरूष मतदाता १६ लाख ९९ हजार ८ सय र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ जना छन् ।
देशभरको विवरण अनुसार मोरङमा सबैभन्दा बढी मतदाता रहेका छन् । जिल्लामा ०८१ वैशाख १४ गतेसम्म १८ वर्ष पुरा भइ मताधिकारीको अधिकार पाउनेको सङ्ख्या ७ लाख ३९ हजार ३ सय ९० पुगेको छ ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या ८८ हजार २ सय ८५ पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ४१ हजार २ सय ५ जना र पुरूष मतदाताको सङ्ख्या ४७ हजार ०८० जना छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख १८ हजार ७२ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ५८ हजार १ सय ६० जना र पुरूष मतदाताको सङ्ख्या ५९ हजार ९ सय ११ जना र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एक जना छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख १७ हजार ५ सय ५४ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ५६ हजार ६ सय ९० जना र पुरूष मतदाताको सङ्ख्या ६० हजार ८ सय ६४ जना छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या ७२ हजार ७ सय ४२ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ३५ हजार ७ सय १३ जना र पुरूष मतदाताको सङ्ख्या ३७ हजार २९ जना छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख ४३ हजार ७ सय ५२ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ६८ हजार ७ सय ४६ जना र पुरूष मतदाताको सङ्ख्या ७५ हजार ६ जना छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख २३ हजार ३ सय ७९ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ५९ हजार २ सय ५३ जना, पुरूष मतदाताको सङ्ख्या ६४ हजार १ सय २५ जना र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एक जना छन् ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख १६ हजार ९ सय १ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ५८ हजार ४ सय ४५ जना र पुरूष मतदाताको सङ्ख्या ३७ हजार ८९ जना छन् ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख १६ हजार ९ सय १ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ५८ हजार ४ सय ४५ जना र पुरूष मतदाताको सङ्ख्या ३७ हजार ८९ जना छन् ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख ४० हजार २ सय २४ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ६६ हजार ६ सय ४८ जना र पुरूष मतदाताको सङ्ख्या ७३ हजार ५ सय ७६ जना छन् ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या २ लाख २५ हजार ८० जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या १ लाख ९ हजार २० जना, पुरूष मतदाताको सङ्ख्या १ लाख १६ हजार ५८ जना र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक दुई जना छन् । जिल्लामा ०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनयता इलाम निर्वाचन क्षेत्र न.२ मा ४ सय २२ जना मतदाता थप भएका छन् ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या ६ लाख ६३ हजार ३ सय ११ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ३ लाख ६२ हजार २ सय ५९ जना, पुरूष मतदाताको सङ्ख्या ३ लाख ३१ हजार ४४ जना र आठ जना छन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा देशकै सबैभन्दा बढी मतदाता रहेका छन् । जिल्लामा मतदाताको सङ्ख्या ७ लाख ३९ हजार ३ सय ९० जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ३ लाख ६२ हजार ९ सय ७३ जना, पुरूष मतदाताको सङ्ख्या ३ लाख ७६ हजार ४ सय ११ जना र ६ जना छन् ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा मतदाताको सङ्ख्या ५ लाख ४४ हजार ९ सय ४१ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या २ लाख ७० हजार २ सय २३ जना, पुरूष मतदाताको सङ्ख्या २ लाख ७४ हजार ७ सय ५ जना र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक दुई जना छन् ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या २ लाख २८ हजार ९ सय ४६ जना पुगेको छ । निर्वाचन आयोगको ०८० फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या १ लाख १२ हजार ८ सय ४९ जना, पुरूष मतदाताको सङ्ख्या १ लाख १६ हजार ९५ जना र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक दुई जना छन् ।