१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका– ७ घर भै बेनी नगरपालिका– २ हाँडेभीर बस्ने ३४ वर्षीय सुवास नेपालीलाई प्रहरीले २०८० चैत २१ गते राती गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८० चैत २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०८० चैत २१ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर कुमार गुरुङले जानकारी दिनुभयो ।
आरोपितलाई २०८० चैत २२ गते जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण २०८० चैत २१ गते बेनी अस्पतालमा गरिएको छ ।