गोलबजार नगरपालिका—२ का ५४ वर्षीय वरिष्ठ पत्रकार अर्जुन थपलियाले गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय श्रीधर केसी विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा ०८० चैत २२ गते उजुरी दिनु भएको छ ।
पत्रकार थपलियाका अनुसार चैत २१ गते आफैले सञ्चालन गरेको दावानल अनलाईनमा प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षको अघोषित साझेदारीमा ठेक्का परियोजना सञ्चालन विषयको समाचारलाई लिएर अधिकृत केसीले फोन मार्फत गोली मार्ने धम्की दिएकोले कारवाहीकाे लागि उजुरी दिएको बताउनु भयो । समाचारको विषयमा पत्रकार महासंघ, प्रेस काउन्सिल जस्ता निकाय हुँदा हुँदै पनि फोन मार्फत गालि बेइज्ती तथा धम्की दिएको थपलियाले बताउनु भयो ।
घटनाकाे अनुसन्धान गरी प्रक्रिया अगाडि बढाउने इलाका प्रहरी कार्यालय गोलबजारका इन्ससपेक्टर सुनिलकुमार कार्कीले बताउनु भयो ।
यस घटनाको विषयमा प्रमुख प्रशासकीय अधिकृत केसीलाई इन्सेक प्रतिनिधि दुर्गा परियारले पटक पटक फोन सम्पर्क गर्दा समेत केसीले फोन नउठाएकाे परियारले बताउनु भयाे ।