पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका-२ भागलपुरका १९ वर्षीय दीपन मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नामको ०८० चैत २० गतेको इजलासले कैद सजायसँगै ३० हजार रुपियाँ जरिवाना, ५५ हजार पीडितले पाउने गरी क्षतिपूर्ति र १ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७९ माघ २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले माघ २३ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा फागुन १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीश दिपककुमार खरेलको फागुन १६ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ माघ २३ गते गरिएको थियो ।