१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका बर्जु गाउँपालिका–३ अमडुवाका ३५ वर्षीय मुकेश भनिने उमेशकुमार चौधरीलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०७९ चैत १ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौधरीलाई चैत १८ गते गिरफ्तार गरेको थियो ।
आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ चैत १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको ०८० भदौ ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ५ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।
बर्जुबाट गिरफ्तारीमा परेका चौधरीलाई सजाय भुक्तानका लागि अदालतमा हाजिर गराएर कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत २ गते गरिएको थियो ।