INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कोल्बी नगरपालिका–८ नयाँ बस्तिका ३० वर्षीय प्रकाश कार्कीलाई ०८० चैत १२ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत ८ गते राती अपहरण गरी दुई दिनसम्म बलात्कार गरेको भन्दै बालिकाको बुबाले चैत १२ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय कोल्बीमा उजुरी दिनु भएको छ ।

पीडित पक्षले दिएको उजुरिको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि चैत १२ गते जिल्ला प्रहरी कार्यालय कलैयालाई बुझाएको र आरोपित विरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते जिल्ला अस्पताल कलैयामा भएको जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्स्पेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।

अन्य

भिडियो