INSEC Online

📅 २०८३ जेष्ठ २१

आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका हुमबहादुरको २२ वर्षपछि अन्तिम संस्कार (फोटो फिचर)

ठाकुरबाबा नगरपालिका-८, सुतैयाका सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले ०५८ फागुन २४ गते गिरफ्तार गरी बेपत्ता बनाएका हुमबहादुर शाहीको अन्तिम दाह संस्कार गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको परिवारले न्यायको आश मार्दै ०८० चैत १४ गते २२ वर्षपछि हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको अवस्थाको सवालमा सरकारको जवाफहिनताले पीडित परिवारलाई अत्यासमा रहेका छन् । परिवार, समाजले सामाजिक, सांस्कृतिक रूपमा अन्तिम संस्कार गर्न दवाव दिँदै घेराबन्दी गर्दै आएको छ । यसैको शिकारमा पर्नुभएको हो बेपत्ता पारिएका हुमबहादुर शाहीकी पत्नी जयन्ती शाही । ‘पति अझै जीवितै हुनुहन्छ की भन्ने आश मनमा छ । टुप्लुक्क घर आउँछन् की जस्तो लाग्छ । तर सरकार बोल्दैन । परिवार, समाजको दवाव भयो । मन भारी बनाएर पतिको अन्तिम संस्कार गरेँ’, जयन्ती भन्नु हुन्छ ।

लामो समय द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको बारेमा सरकारको गैर जवाफदेहिताका कारण सृजित परिवार, सामाजिक, सांस्कृतिक, कानुनी समस्याका कारण बर्दियामा जयन्ती शाही जस्तै बेपत्ता पारिएका पत्नीले अन्तिम संस्कार गर्न बाध्य भइरहेका छन् । बर्दियामा द्वन्द्वरत पक्षबाट २ सय ५० जना बेपत्ता पारिएका छन् । सशस्त्र द्वन्द्वका क्रममा बर्दियामा सबैभन्दा बढी बेपत्ता भएका थिए ।

Photo27032024Bardiya

Photo27032024Bardiya1

Photo27032024Bardiya2

Photo27032024Bardiya3

Photo27032024Bardiya4

Photo27032024Bardiya5

Photo27032024Bardiya6

Photo27032024Bardiya7

Photo27032024Bardiya8

Photo27032024Bardiya9

अन्य

भिडियो