१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका– १० विरिञ्चोकका २२ वर्षीय मदन थापालाई प्रहरीले चैत ११ गते गिरफतार गरेको छ ।
पीडित बालिकालाई ०८० चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको आमाले चैत ११ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको हो ।
आरोपित विरुद्ध चैत १२ गते जिल्ला अदालत गोरखामा यौन दुर्व्यवहार कसुर शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १२ गते नै जिल्ला अस्पतालमा भएको थियो ।