INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आरोपित विरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको भन्दै पीडित परिवारले निसीखोला गाउँपालिका– १ देवीस्थानका ३० वर्षीय विजय शाही विरुद्ध ०८० चैत ९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई सुत्केरी व्यथा लागेपछि चैत ९ गते निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीको सहयोगमा धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो ।

डेढ महिना पहिले बालिका गर्भवती रहेको परिवारले थाहा पाएको भएपनि गाउँमै मिलाउने प्रयास गरिएको र गर्भपतन सम्भव नभएका कारण घटना गाउँपालिकासम्म पुग्दा सार्वजनिक भएको पाइएको छ ।

आर्थिक अवस्था कमजोर रहेका पीडित परिवारलाई डर धम्की देखाएर प्रलोभनमा पारि घटना लुकाउने प्रयास गरेको भएपनि सार्वजनिक भएपछि आरोपित शाही फरार रहेका छन् ।

बालिकालाई बलात्कार गरी गर्भवती बनाएर भागेका पुरुषको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनु भयो ।

अन्य

भिडियो