INSEC Online

📅 २०८३ जेष्ठ २१

विविध कार्यक्रम गरी मनाइयो ११ औँ अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस (फोटो फिचर)

बर्दियामा ११ औँ अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस विविध कार्यक्रम गरेर मनाइएको छ । गम्भीर मानव अधिकार उल्लङ्घन, तथा पीडितहरूको मर्यादा र सत्यको अधिकारको लागि अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मनाइएको हो ।

संसारभर मार्च २४ तारीखका दिनमा मानव अधिकारको उल्लङ्घनसँग सम्बन्धित सत्यको अधिकार तथा पीडितको मर्यादाको लागि अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मनाउने गरिएको छ । २०६७ पुस ६ गते संयुक्त राष्ट्र सङ्घको सभाले मार्च २४ लाई सत्यको अधिकार दिवसको रूपमा मनाउने भनी पारित गरेको थियो । नेपालमा भएको १० वर्षे हिंसात्मक द्वन्द्वको बेलामा सबैभन्दा बढी बेपता बर्दियामा पारिएका थिए । नेपालमा भएको विस्तृत शान्ति सम्भौता भएको १७ वर्ष हुँदा समेत बेपता पारिएको अवस्था सार्वजनिक हुन सकेको छैन ।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद शान्ति चौधरीले १० वर्षे युद्धका क्रममा बेपता पारिएको नागरिकको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद भएको बताउनु भयो । उहाँले १० वर्षे युद्धमा बेपता पारिएका व्यक्तिका परिवारले बेपता पारिएका परिवारको बारेमा सत्य जान्न पाउने अधिकार भएको तत्काल पीडित माग सुनुवाई हुने सरकारले कामलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पीडितको पक्षमा आफूले निरन्तर रूपमा कुरा उठाउँदै आएको छु । आगामी दिनमा पनि पीडितको पक्षमा उभिएर, पीडित परिवारको लागि काम गर्न तयार रहेको छु ।’

राष्ट्रिय मानव अधिकार आयोगक, नेपालगञ्जको कार्यलय प्रमुख द्वारिकाकुमारी अधिकारीले द्वन्द्वकालीन घटना घटेको धेरै लामो समय भए पनि बेपता पारिएको व्यक्तिको अवस्थाको बारेमा सुनुवाई नहुनु मानव अधिकारको गम्भीर उल्ल्घन भएको बताउनु भयो । उहाँले बेपता पारिएको व्यक्तिको अवस्था सार्वजनिक हुन नसक्दा सामाजिक, सांस्कृतिक र कानुनी समस्या देखा परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘श्रीमान् बेपता भएको कयौँ महिलाहरू सामाजिक सुरक्षा भताबाट समेत वञ्चित हुनु परेको छ । त्यसकारण पनि छिटो बेपताको अवस्था सार्वजनिक गरी सत्य थाहा पाउने अधिकार पीडितलाई रहेको छ । पीडितलाई सबैले सहयोग गरेर सत्यको बारेमा जानकारी पाउनु पीडितको अधिकार हो ।’ उहाँले आयोगले गरेको सिफारिकको बारेमा समेत सरकारले सुनुवाई नभएकोले आयोगको सिफारिसको सुनुवाई हुन जरुरी रहेको बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले पीडितले आफ्ना परिवार कहाँ छन भन्दै १५/२० वर्षदेखि खोजिरहेको भए बेपताको अवस्था सार्वजनिक हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बेपता पारिएका व्यक्ति कहाँ छन् भन्ने बारेमा राज्यले जानकारी दिन सकेको छैन् । सत्य थाहा पाउने हाम्रो अधिकार भएकोले पनि आज हामी अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मनाइ रहेको छौँ । नेपालमा भएको विस्तृत शान्ति सम्झौतामा ६० दिनमा बेपताको अवस्था सार्वजनिक गर्ने भएको थियो । तर आजसम्म बेपताको अवस्था सार्वजनिक हुन सकेको छैन् । रकारले बेपता पारिएको परिवारको अवस्था छिटो भन्दा छिटो सार्वजनिक गर्ने गरी पीडित परिवारले सत्य थाहा पाउनु पर्छ ।’

बर्दिया जिल्ला अदालत बार एसोशियसनका अध्यक्ष कमलप्रसाल पाण्डेले बार एसोशियसन मानव अधिकार र न्यायको पक्षमा रहेको बताउनु भयो । उहाँले न्यायको लागि पीडित परिवारलाई कानुनी सहयोग आवश्यक परेमा बारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बेपता पारिएको व्यक्तिका परिवारलाई कानुनी र सामाजिक रूपमा न्याय दिन अब ढिला गर्न नहुने बताउनु भयो । सत्य थाहा पाउने अधिकार पीडित परिवारले भएकोले सो अधिकारबाट वञ्चित गर्न नहुने बारका अध्यक्ष पाण्डेले बताउनु भयो ।

थारु महिला उत्थान केन्द्रको निर्देशक प्रिज्मा सिंह थारुले बेपता परिवारले घरमा आर्थिक अभाव, मानसिक तनाव, कतिपय परिवार पीडित परिवार सदस्यहरू लागू औषधको लतमा परेको जस्ता समस्या भोग्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पारिवारिक समस्या एकतिर छ भन्ने अर्को तर्फ बेपता पारिएको व्यक्तिको अवस्था सार्वजनिक हुनुपर्ने भन्दै परिवार सत्यको लागि हिँडिरहनु भएको छ । त्यसकारण पनि पीडितले सत्य थाहा पाउने गरी सरकारले बेपताको अवस्थाको बारेमा सार्वजनिक गर्न जरुरी रहेको छ ।’

जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कडायतले बेपता पारिएका परिवारले सत्य थाहा पाउनु पीडित परिवारको अधिकार भएकोले पनि सो विषयमा पीडित परिवारले सत्य थाहा पाउन जरुरी रहेको बताउनु भयो । उहाँले पीडित परिवारका समस्यालाई समस्या परेका कार्यालयमा आएमा कार्यालयबाट हुने सहयोग गर्ने बताउनु भयो । द्वन्द्वपीडित समितिमा कार्यक्रम संयोजक मान बहादुर चौधरीले पीडित परिवारको इतिहासलाई जीवन्त राख्न बेपता पारिएको व्यक्तिका परिवारको बारेमा कथा लेख्न थालिएको बताउनु भयो । पीडितले बेपता परिएको परिवारलाई बेपता पारिएको व्यक्तिको बारेमा सार्वजनिक गरी सत्यतथ्य बाहिर ल्याउन जरुरी रहेको बताउनु भयो ।

द्वन्द्वपीडित समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), थारु महिला उत्थान केन्द्र, पत्रकार महासङ्घ, बर्दिया जिल्ला अदालत बार एसोशियसन, नेपाल रेडक्रस, टिपीओ नेपाल, नागरिक समाज सञ्जालमा आयोजनामा गरिएको थियो । मतङीचोकबाट सुरु भएको र्‍याली, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय बर्दिया, हुँदै राधाकृष्ण चोकमा गएर कोणसभा गरिएको थियो भने र्‍याली लगतै विजया गेष्ट हाउसको हलमा सत्यको अधिकार विषयमा छलफल गरिएको थियो ।

Photo24032024Bardiya

Photo24032024Bardiya1

Photo24032024Bardiya2

Photo24032024Bardiya3

Photo24032024Bardiya4

Photo24032024Bardiya5

Photo24032024Bardiya6

Photo24032024Bardiya7

Photo24032024Bardiya8

Photo24032024Bardiya9

Photo24032024Bardiya10

Photo24032024Bardiya11

Photo24032024Bardiya12

Photo24032024Bardiya13

Photo24032024Bardiya14

अन्य

भिडियो