INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

३० वर्षीया पीडित बालिकाको परिवारलाई न्यायिक प्रक्रियामा अगाडि बढ्न इन्सेकले चैत ८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

बालिकाको आमाले आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेकोले न्याय प्रक्रियामा सहयोग पुर्‍याउन पहल गरिदिन भन्दै चैत्र २ गते इन्सेकलाई निवेदन दिनुभएको थियो । इन्सेक जिल्ला प्रतिनिधि कुलबहादुर नेपालीले पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग प्रदान गर्नु भएको छ ।

पीडित बालिकालाई ०७८० फागुन १२ गते ६५ वर्षीय भेलु थारुले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २ गते इलाका प्रहरी कार्यालय, मोतीपुरमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा प्रहरीले आरोपितलाई चैत २ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत २ गते बर्दिया जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो