INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाको आरोपितलाई कैद तथा जरिवाना

९ वर्षीया बालिकालाई कर्जन्हा नगरपालिका–५ का २३ वर्षीय सिदार्थ विकले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १ वर्ष कैदको फैसला ०८० चैत ७ गते गरेको छ ।

जिल्ला अदालतका न्याधीश आन्नदराज पन्तको एकल इजलासले सो फैसला गरेको हो । आरोपितलाई १० हजार रुपियाँ जरिवाना समेतको फैसला भएको हो ।

आरोपितले बालिकालाई ०७९ पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १० गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १० गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई पुस १० गते गिरफ्तार गरेको थियो भने, जिल्ला अदालतको आदेशमा आरोपित माघ ९ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो