INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई राहत प्रदान

कोशी प्रदेश सरकारले आगलागीबाट मृत्यु भएका बालबालिकाको परिवारलाई प्रति परिवार १ लाख रुपियाँ राहत दिएको छ ।

हतुवागढी गाउँपालिका-७ पिप्लेमा ०८० चैत ३ गते भएको आगलागीमा परी मृत्यु भएका तीन जना बालबालिकाको परिवारलाई प्रदेश सरकारले चैत ६ गते राहत दिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगलागीमा ज्यान गुमाएका दुई  ओटा परिवारलाई घटनास्थल हतुवागढी गाउँपालिका-७ पिप्लेमा पुगि राहत हस्तान्तरण गर्नु भएको हो ।

हतुवागढी गाउँपालिका-७ पिप्लेमा चैत ३ गते भएको आगलागीमा ज्यान गुमाएका पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दीपशिखा कार्की र तीन वर्षीय दियुनिष कार्कीको परिवारलाई राहत दिइएको छ ।

पीडित परिवारलाई प्रदेश सरकारको कार्यविधि अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राहत प्रदान गरिएको  मन्त्रालयले जनाएको छ ।

Photo 20240319 Bhojhapur (1)

Photo 20240319 Bhojhapur (2)

अन्य

भिडियो