INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल सरकारलाई ध्यानकर्षण पत्र बुझाएर मनाइयो हलिया दिवस

नेपाल सरकारले कागजमा हलिया मुक्त भएको घोषणा गरेको भदौ २१ गते नौ वर्षपूरा भएको छ । बाजुरामा भने हलिया मुक्तिपछि झनै समस्या भएको बताउँछन हलिया मुक्त अभियानकर्ता गोरख सार्की  ।

बाजुरामा कुल १ हजार ३ सय ५३ जना मुक्त हलिया प्रमाणीकरणमा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ । जसमा ‘क’ वर्गमा १ सय ३२ जना ‘ख’ वर्गमा २ सय ४६ जना ‘ग’ वर्गमा १ सय ५० जना र ‘घ’ वर्गमा ८ सय २५ जना गरी जम्मा १ हजार १ सय ८९ जनालाई नेपाल सरकारले परिचय पत्र वितरण गरेको छ । ०७१ सालमै २ सय १६ जनाको लगत प्रमाणीकरण भएको हलियाको हालसम्म परिचयपत्र दिन बाँकी रहेको छ ।

छुट मुक्त हलियाको लागत लिने, वर्गीकरण हलिया तलमाथि भएकोहरूलाई सच्याएर परिचयपत्र वितरण गरिनुपर्ने, समयसिमा तोकी पुनर्स्थापना गरिनु पर्ने, आवधिक रूपमा पश्चिममा हलियाको क्षेत्रीय कार्यालयको स्थापना गरी हलिया कार्य सम्पादन गरिनुपर्ने, कार्यविधि ०६८ लाई सच्याएर संयन्त्रमा हलिया तथा सरोकारवालाको प्रतिनिधित्व गराइनु पर्ने र त्रैमासिक रूपमा पत्रकार नागरिक समाज र सरकारी अधिकारी सम्मिलित अनुगमन संयन्त्र निर्माण गरिनुपर्ने मागसहित १० ओटा माग राखेर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मागहरू सम्बोधनका लागि पहल गर्ने र यो भन्दा पहिले हलियाको नाममा भए गरेको कामको बारेमा जिल्लाका सबै सरोकारवालाहरू बोलाएर बैठकमार्फ जानकारी लिने र छुटेका हलिया परिवारको प्रमाणीकरणको बारेमा छिटै पहल गर्ने बताए ।

अन्य

भिडियो