२४ वर्षीया महिलालाई फागुन १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–२ का २३ वर्षीय सत्यबहादुर शाहीलाई चैत ४ गते गिरफ्तार गरेको छ ।
आरोपितका बुवा ५५ बर्षीय डबले शाहीले बलात्कार गरी ६ महिनाको बच्चा पुगेको र गर्भपतन गर्नका लागि दबाव दिएको भन्दै पीडितले बुवा र छोराविरुद्ध फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितका बुवा डबले शाही फरार रहेको इन्सपेक्टर पोषण थापाले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ३ गते जिल्ला अस्पतालमा भएको थियो ।
घटनाको थप अनुसन्धानका भइरहेको इन्सपेक्टर थापाले बताउनुभयो ।