INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप

कोशी गाउँपालिका-५ की २६ वर्षीया मञ्जुकुमारी यादवको कुटपिट गरी हत्या गरेको पीडित पक्षले आरोप लगाएको छ ।

६० वर्षीया ससुरा लेलाइ भनिने लक्ष्मी यादव र ५५ वर्षीया सासु फुदनीदेवी प्रसैला यादवले ०८० चैत २ गते भाटाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

ससुरा र सासुले कुटपिट गरी हत्या गरेको तर प्रहरी र सबैलाई करेण्ट लागेर मृत्यु भएको भनि झुटो सूचना दिएको गढीगाउँपालिका-५ सतैरझोडाका ५८ वर्षीय मृतकका काका योगेन्द्रप्रसाद यादवले बताउनु भयो ।

२५ वर्षीय छोरा प्रदीप यादवलाई ०८० पुसमा विदेश पठाएपछि बुहारीलाई ससुरा र सासुले यातना दिने गरेको मृतकका काकाले बताउनु भयो ।

घटनाका आरोपितविरूद्व पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान शीर्षकमा उजुरी दिएको छ ।

उजुरीलगत्तै घटनाका आरोपित फरार भएको र खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा राखिएको छ ।

पोष्टमार्टम रिपोर्टपछि हत्या वा आत्महत्या यकिन हुने डिएसी भण्डारीले बताउनु भएको छ ।

अन्य

भिडियो