INSEC Online

📅 २०८३ जेष्ठ २१

शिवम् मनि ट्रान्सफरका सञ्चालक माथि गाेलि प्रहार

परोह नगरपालिका-९ रामपुर खाप स्थित शिवम् मनि ट्रान्सफरका सञ्चालक २२ वर्षीय नितेश साह माथी  ०८० चैत २ गते दिउँसो १ बजेको समयमा तीन जना भारतीय युवाहरुकाे समूहले गाेली प्रहार गरेकाे छ ।

गाेली प्रहारबाट पीडित साह गम्भीर घाइते भएका छन् । घाइते साहलाई उपचारकाे लागि तत्काल राैतहटकाे गाैर स्थित प्रादेशिक  अस्पतालमा लगिएपिन थप उपचारकाे लागि वीरगंजको नारायणी अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भयाे ।
साथै, घटनामा स‌ंलग्न भारतको बिहार राज्य मोतिहारी पूर्वी चम्पारन निवासी १८ वर्षीय मनिसकुमार यादव, १९ वर्षीय राजकुमार  पासवान र १७ वर्षीय चन्द्रमान सिंहलगायत तीन जना युवाहरुलाई साेही दिन रामपुर खापका स्थानीय, सशस्त्र प्रहरी बल र रामपुर खाप प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय गौरमा जिम्मा लगाएकाे छ र जिल्ला प्रहरी कार्यालयले घटना बारे थप अनुसन्धान गरिरहेको एसपी श्रेष्ठले  बताउनु भयाे ।
त्यस्तै, ती युवाहरुले पीडित साहको आफ्नै घरको दोश्रो तलामा सञ्चालित शिवम् मनि ट्रान्सफरमा प्रवेश गरी साहमाथि गाेलि प्रहार गरेकाे साेही ठाउँका पभन पटेलले बताउनु भयाे ।

अन्य

भिडियो