INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितहरुविरुद्ध उजुरी

कटहरिया नगरपालिका-२ की २२ वर्षीया आजमा आरालाई परिवारजनले कुटपिट तथा गालिगलौज गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले ०८० फागुन ३० गते जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा उजुरी दिनु भएको छ ।

आरोपितहरु २६ वर्षीय पति अब्दुल खैर, ४६ वर्षीय ससुरा आलम दिल, ४२ वर्षीया सासू सहिमा खातुन लगायत परिवारका सदस्यहरुले ०८० माघ महिनादेखि नै कुटपिट र गालिगलौज गर्नुको साथै खानलाउन समेत नदिइ शारीरिक तथा मानसिक यातना दिएको पीडित आराले बताउनु भयो ।

कुटपिट तथा घरबाट निकालिदिए पश्चात पीडित परोहा नगरपालिका-९ स्थित माइती घर बस्दै आइरहेको उहाले बताउनु भयो ।

घटना बारे थप अनुसन्धान गरी आरोपितहरुलाई कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अन्य

भिडियो