१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश दल बहादुर केसीको ०८० फागुन २९ गतेको इजलासले तिनाउ गाउँपालिका-२ का ४४ वर्षीय पुर्णचन्द्र बस्नेतलाई १८ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई बस्नेतले ०७८ वैशाख २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३० गते पाल्पा अस्पतालमा भयो । बस्नेत वैशाख ३१ गते गिरफ्तार भएका थिए ।