INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१५ उर्माका २४ वर्षीय मनोज रानालाई ०८० फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २३ गते विवाहको प्रलोभन देखाई बलात्कार गरेपपछि आरोपित विरुद्ध फागुन २७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई फागुन २९ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर उपेन्द्रबहादुर बमले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितकी आमाले बताउनु भयो ।

अन्य

भिडियो