१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश दल बहादुर केसीको ०८० फागुन २९ गतेको इजलासले तिनाउ गाउँपालिका-२ का ४३ वर्षीय चन्द्र बहादुर विश्वकर्मालाई १८ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई विश्वकर्माले ०७८ वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३० गते पाल्पा अस्पतालमा भयो । विश्वकर्मा वैशाख ३१ गते गिरफ्तार भएका थिए ।