INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई ०८० असार ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले भारत, बिहार प्रदेशको मोतिहारी करसहिया–१४ स्थायी घर भई नमोबुद्ध नपा–७ भकुण्डेबेशी बस्ने २३ वर्षीय मुनिफ ठाकुरलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका बलात्कारबाट गर्भवती भएको पीडित पक्षको आरोप छ । पीडित बालिकाले पेट दुखेको भनेकाले आफन्तले मेथिनकोट सरकारी अस्पताल लगेपछि गर्भवती भएको थाहा भएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाले फागुन २६ गते मेथिनकोट अस्पताल भुकण्डेबेशीमा छोरी जन्माएकी छिन् । पीडितका आफन्तले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आरोपित विरुद्ध लिखत उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो