INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितद्वारा विष सेवन गरी आत्महत्या

४० वर्षीया महिलालाई फागुन २० गते बलात्कार गरेको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका-३ घर भई बनेपा नपा-६ राममन्दिर टोल बस्ने ५० वर्षीय जनकलाल श्रेष्ठले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई बलात्कार गरेको आरोपपछि आरोपितले फागुन २२ गते लेजेन्ट सुपर नामक विषादी सेवन गरेपछि उपचारका लागि शीर मेमोरियल अस्पतालमा लगिएकोमा फागुन २५ गते उपचार गर्दागर्दै मृत्यु भएको छ ।

पीडित महिलाले फागुन २४ गते इलाका प्रहरी कार्यालय बनेपामा लिखित उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो