गत कात्तिक १७ गते मध्यरात जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले घरवारविहीन नागरिकले १ सय ३० दिन वित्दा पहिलो किस्ता रकम अझै पाउन सकेका छैनन् । ढिलासुस्तीका कारण ५ हजार ६ सय ६९ जना लाभग्राहीले पहिलो किस्ता रकम लिन मुस्किल भएको छ ।
स्थानीय तहको ढिला सुस्तीका कारण सरकारले अस्थायी आवास निर्माणका लागी पठाएको रकम वितरण नगर्दा खातामै थन्किएको हो । भुकम्पले घरवारविहीन नागरिकलाई अस्थायी आवासमा तत्काल सार्न सरकारबाट प्राप्त रकम वितरण प्रव्रिmयामा स्थानीय तहको ढिला सुस्तीका कारण भूकम्प पीडित विचल्लीमा परेका छन् ।
अस्थायी आवासको रकम पाउन महिनौ कुर्नु पर्यो । पुननिर्माणको रकम कहिले पाईएला र भत्किएका घर बनाउनलाई सरकारलको धेरै ढिलासुस्ती गरेको भेरी नगरपालिका–३ का किरणकुमार भण्डारीले गुनासो गर्न‘भयो ।
त्रिपाल र टेन्टमुनि बस्दै आएका भूकम्प पीडित चिसो थेक्न नसकेपछि चर्किएका घरमा सर्न थालेपनि सरकारको निगरानी स्थानीय तहको वितरण प्रव्रिmया कछुवा गति हुँदा भूकम्प पीडितलाई समस्या भएको छन् । ४२ हजार ५ सय २४ लाभग्रागीका अस्थायी आवास निर्माणका लागी जिल्ला विपद व्यवस्थापन समितिको कोषमा पठाएको १ अर्व ३ करोड ४१ लाख ७५ हजार मध्ये सात ओटा पालिकाले ३६ हजार ८ सय ५५ लाभग्राहीलाई ९२ करोड १३ लाख ७५ हजार पहिलो किस्ता २५ हजारको दरले वितरण गरेका छन् । फागुन महिला वित्न लाग्दा समेत ५ हजार ६ सय ६९ जना लाभग्राहीले पहिलो किस्ता रकम पाउन नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताउनु भयो ।
पहिलो किस्ता रकम निकासा लिएका ३६ हजार ८ सय ५५ जना लाभग्राही मध्ये सरकारको अनुदान सहयोगमा २५ हजार ९ सय ८७, दातृ निकायको सहयोगमा २६ हजार ७ सय ६५ अस्थायी आवास निर्माण भएका छन् । ४२ हजार ५२४ लाभग्राही मध्य सात ओटै पालिकासँग ३७ हजार ४८ जना लाभग्राहीले पहिला किस्ता रकम निकासाका लागि सम्झौता गरेपनि ३६ हजार ८ सय ५५ जनाले पहिलो किस्ता पाएका छन् ।
कुन स्थानीय तहमा कति छन् पहिलो किस्ता पाउने लाभग्राही
६ हजार ६३४ लाभग्राही कायम भएको भेरी नगरपालिकामा पहिलो किस्ता रकम निकासाका लागी सम्झौता गरेका ४ हजार ७४६ लाभग्राहीले पहिलो किस्ता रकम पाएका छन् । ३ हजार ५० अस्थायी आवास निर्माण भएका छन् । १ हजार ८ सय ८८ जना लाभग्राही पहिला किस्ता रकम पाउन बाँकी छन् । ८ हजार ९७ लाभग्राही कायम भएको नलगाड नगरपालिकामा ८ हजार ९७ जनाले पहिलो किस्ता रकम निकासाका लागि पालिकासँग सम्झौता गरेपनि ७ हजार ९ सय ४ जनाले पहिलो किस्ता रकम पाएका छन् । सरकारको सहयोगमा ६ हजार ९ सय ९५, दातृ निकाय दलका नेता कार्यकर्ताले ५ सय २२ गरी जम्मा ७ हजार ५ सय १७ अस्थायी आवास निर्माण भएका छन् ।
नलगाड नगरपालिकामा १ सय ९३ लाभग्राहीले पहिलो किस्ता रकम पाएका छैनन् । छेडागाड नगरपालिकामा ८ हजार २ सय ५ लाभग्राही कायम भएकमा ७ हजार २ सय ३१ जनाले पहिलो किस्ता रकमका लागि सम्झौता गरेका छन् । पहिलो किस्ता रकम सम्झौता गरेका सबैले रकम पाएका छन् । ९ सय ७४ जना लाभग्राहीले पहिलो किस्ता रकम पाउन सकेका छैनन् । सरकारको अनुदान सहयोगबाट ५ हजार ६ सय १५ अस्थायी आवास निर्माण भएका छन् ।
बारेकोट गाँउपालिकामा ५ हजार ५८६ लाभग्राही कायम भएको ४ हजार ८९६ जना लाभग्राहीले पाहिलो किस्ता रकमका लागि सम्झौता गरेका मध्य सबैले पहिलो किस्ता रकम पाएका छन् । ६ सय ९० लाभग्राहीले पहिलो किस्ता रकम पाएका छैनन् । नेपाल सरकारको अनुदान सहयोगमा ४ हजार २ सय ५५, दातृ निकाय दलका नेता कार्यकर्ताको सहयोगमा २ सय ५६ गरि ४ हजार ५ सय ११ अस्थायी आवास निर्माण भएका छन् ।
कुशे गाँउपालिकामा ५ हजार २८७ लाभग्राही कायम भएकोले ५ हजार ३ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरेका सबैले पहिलो किस्ता रकम पाएका छन् । २ सय ८४ लाभग्राहीले पहिलो किस्ता रकम पाउन सकेका छैनन् । सरकारको अनुदानमा २ हजार ५८५ अस्थायी आवास निर्माण भएका छन् ।
जुनीचाँदे गाँउपालिकामा ५ हजार ४ सय ६ लाभग्राही कायम गरेकोमा ३ हजार ९ सय २८ लाभग्राहीले पहिलो किस्ता रकमका लागी सम्झौता गरेका सबैले अस्थायी आवासको पहिलो किस्ता रकम पाएका छन् । १ हजार ४ सय ७८ लाभग्राहीले रकम पाउन सकेका छैनन् । सरकारको अनुदानबाट १ हजार ५ सय ८२ अस्थायी आवास निर्माण भएका छन् ।
शिवालय गाँउपालिकामा ३ हजार ३ सय ९ लाभग्राही कायम गरेकोमा ३ हजार १४७ लाभग्राहीले पहिलो किस्ता रकमका लागी सम्झौता गरेका सबैले पहिलो किस्ता रकम पाएका छन् । १ सय ६२ लाभग्राहीले पहिलो किस्ता रकम पाउन सकेका छैनन् । सरकारको अनुदानबाट १ हजार ९ सय ५ अस्थायी आवास निर्माण भएका छन् ।
वितरण नभएको रकम पालिकाको खातामै थन्किएको छ । अस्थायी आवास निर्माण गरि दोस्रो किस्ता रकम कुनैपनि लाभग्राहीले पाएका छैनन् । अस्थायी आवास निर्मााण गरेपछि दोस्रो किस्ता २५ हजार दिने नियम भएपनि अस्थायी आवास निर्माण तथा रकम वितरणमा ढिलासुस्तीका कारण भूकम्प पीडित त्रिपालबाट अहिले चर्किएका घरमा बस्न बाध्य भएका छन् ।