सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अन्यायको महसुस भएका सबै व्यक्तिहरूले न्यायालयमा पुग्न सक्ने वातावरण हुनुपर्ने विचार राखेका छन् ।
अछाममा भदौ १९ गते आयोजित एक कार्यक्रममा उनले अदालतले न्यायका लागि आएका सबै क्षेत्र, वर्ग, लिङ्ग र समुदायको समान पहुँचलाई जोड दिँदै सबै प्रकारका अन्याय अदालतसम्म नपुगेको भनाई राखेका हुन् ।
अदालतले संविधान र कानुनको अधिनमा रही काम गरिरहेको भन्दै प्रधानन्यायाधीश पराजुलीले न्याय जगाउन सके मात्रै पनि नागरिकले न्यायका साथै शान्ति र सुरक्षाको महसुस गर्ने भनाई राखेका थिए ।
नकारात्मक भन्दा सकारात्मकतातर्फ जोडबल गरे न्याय प्रभावकारी हुनेमा विश्वस्त बन्न सकिने भन्दै प्रधानन्यायाधीश पराजुलीले न्यायलयलाई थप सहज वातावरण बनाई सबैलाई उत्प्रेरित गर्न जोड दिएका थिए । अभावका बिच सही समयमा उचित न्याय दिन सकेमा मात्र नागरिकको न्यायलयप्रति अझै विश्वास बढ्ने उनले बताए ।