INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी–६ लैनचौरका २० वर्षीय पारस बोहोराविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन २४ गते उजुरी दर्ता गराउनु भएको छ ।

गाउँको जंगलमा फागुन २३ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

उजुरी दर्ता पछि घटनाको थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्रसिंह बिष्टले जानकारी दिनुभयो । आरोपित फरार रहेकोले खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २४ गते  जिल्ला अस्पतालमा भएको छ ।

अन्य

भिडियो