२५ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-१० का ७३ वर्षीय काले सार्की भन्ने कृष्णबहादुर सार्कीलाई फागुन २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०३५ असार ६ गते बेचबिखन गरेको आरोप छ । आरोपितविरुद्ध पीडितले ०३५ भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् ।
मानव बेचबिखन विरुद्ध ०३६ माघ १५ गते जिल्ला अदालतले आरोपित सार्कीलाई १० वर्ष कैद सजायको फैसला गरेको थियो । आरोपित फारार भएकाले हाल गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिव यादवले बताउनु भयो ।