१९ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा ठाँटीकाँध गाउँपालिका–५ आग्र गाउँका २० वर्षीय नगेन्द्र कठायत विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन २३ गते उजुरी दर्ता गराउनु भएकाे छ ।
फेसबुकमा चिनजान भएको आधारमा घरमा बोलाएर फागुन १५ गते बलात्कार गरेको पीडित पक्षले दिएकाे उजुरीमा उल्लेख छ ।
उजुरी दर्ता पछि घटनाको थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्रसिंह बिष्टले जानकारी दिनुभयो । आराेपित फरार रहेकाेले खाेजीकार्य जारी रहेकाे उहाँले बताउनु भयाे ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २३ गते जिल्ला अस्पतालमा भएकाे छ ।