विगत डेढ महिनादेखि बन्द रहेको एक्सरे सेवा सुचारु भएको छ । इन्सेक अनलाइनमा ०८० माघ २२ गते एक महिनादेखि एक्सरे सेवा बन्द भएपछि बिरामीहरु समस्यामा भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि उक्त समस्या प्रति ध्यानाकर्षण भइ डेढ महिनादेखि बन्द रहेको एक्सरे सेवा फागुन २१ गते देखि सुचारु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख कमल ढुङ्गानाले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालको एक्सरे मेसिन बिग्रेपछि एक महिना देखि एक्सरे सेवा बन्द भएको थियो । जिल्लाका सामान्य रोगका बिरामी पनि नेपालगन्ज र जुम्ला जानु पर्ने बाध्यता थियो ।
समाचारको प्रभाव र इन्सेकको फलोअपका कारण बन्द रहेका सेवा सुचारु भएको निमित्त प्रमुख ढुङ्गानाले बताउनु भयो ।
मेसिन बिग्रेको कारण एक्सरे सेवा बन्द हुँदा म लगायत धेरै बिरामीले समस्या भएको थियो । अहिले सेवा सुचारु हुँदा आफ्नै जिल्लामा उपचार गर्न सजिलो भएकोे सोरु गाउँपालिका – ९ की कुसुमा बिकले बताउनु भयो । छोराको हात भाँचिएकोले जिल्ला अस्पतलामै उपचार भइरहेको उहाँले बताउनु भयो ।
सेवा बन्द हुदाँ धेरै अगाडि देखि भएको थियो । मेसिन केही दिन अगाडि नै बनेको तर जिल्लामा जडान गर्ने दक्ष जनशक्तिको अभावका कारण एक्सरे सेवा सुचारुमा ढिलो भएको निमित्त प्रमुख ढुङ्गानाको भनाइ छ ।
