INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १९ वर्ष कैदको फैसला

अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लिखु गाउँपालिका-५ का ४३ वर्षीय झङ्कबहादुर कामीलाई नुवाकोट जिल्ला अदालतले १९ वर्ष एक महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शुभाषबाबु पुरीको इजलासले फागुन २० गते कामीलाई १९ वर्ष एक महिना कैद सजाय,  ७ लाख रुपियाँ जरिबाना, ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा २८ हजार रुपियाँ दाखिला गराउने भनी फैसला भएको अदालतकी श्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनु भयो ।

कामीले ०७९ फागुन ९ गते र त्यसपछि पनि पटकपटक बलात्कार गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा ०८० जेठ ११ गते उजुरी दर्ता भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ११ गते त्रिशूली अस्पतालमा भएको थियो ।

 

अन्य

भिडियो