INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका–१५ घर भई धुलिखेल नगरपालिका–४ मा डेरा गरी बस्ने ८१ वर्षीय बादी सार्कीलाई प्रहरीले ०८० फागुन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते धुलिखेल अस्पतालमा भयो । आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिइएको डिएसपी श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो