INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पा घर भई पाँचखाल नगरपालिका–७, आपँघारीमा डेरा गरी बस्ने ३१ वर्षीय बुबा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० फागुन १६ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते धुलिखेल अस्पतालमा भयो । घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राज कुमार श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो