INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहार घटनाका आरोपितहरु गिरफ्तार

वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि फागुन १२ गते गोली प्रहार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय मोटरसाइकल चालक इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।

भे ५ प ६०६१ नम्बर मोटर साइकलमा आएको भारतीयसहितको टिमले गिरी सवार कारलाई लक्षित गरेर वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा गोली प्रहार भएको थियो । गोली सिसामा लागेपछि पीडितलाई चोटपटक लागेको छैन ।

आरोपितहरुलाई फागुन १२ गते दुई जना र १३ गते दुई जना गरी चार जनालाई गिरफ्तार गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रुपेश खड्काले जानकारी दिनुभयो ।

अन्य

भिडियो