INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा८ स्थायी घरभई बुटवल उपमनपा१० रामनगर बस्ने ३४ वर्षीय कुशल सापकोटालाई फागुन १२ गते रामनगरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १२ गते लुम्बिनी प्रादेशिक, अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो