INSEC Online

📅 २०८३ जेष्ठ २१

खोरमा राखिएकी महिलालाई उपचारका लागि इन्सेकको आर्थिक सहयोग

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुर्दिकु शेर्पालाई इन्सेकले उपचार खर्च सहयोग गरेको छ ।

photo 20240226 khotang 1

मानसिक स्वास्थ्य ठीक नभएपछि १३ वर्षयता खोरमा थुनेर राखिएकी फुर्दिकुको स्वास्थ्य अधिकार सम्बोधन हुने गरी इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले खोटाङ प्रतिनिधिमार्फत् फागुन १४ गते उपचार खर्च प्रदान गरेको हो ।

१६ वर्षको उमेर एसएलसी परीक्षाको तयारी गर्दै गर्दा मानसिक सन्तुलन गुमाएपछि अवस्थ्य भएकी फुर्दिकुको उपचार गरेपनि ठीक नभएपछि घरमै खोर बनाएर राख्न बाध्य भएको बाबु पेमाछेतर शेर्पाले बताउनु भयो ।

कोभिड–१९ को महामारीका समयमा छोरी सिकिस्त भएपछि उपचार गरिएको र क्रिश्चियन धर्म लिएपछि ठीक हुने भनेपछि सोलखुम्बुको एउटा चर्चमा सात महिना राखेर घर फर्काएको बाबु पेमाछेतर शेर्पाले बताउनु भयो ।

सोलुखुम्बुमा चर्चमा राख्दा मानसिक रोगको औषधि सेवनका कारण स्वास्थ्यमा सुधार भएको र त्यसपछि दुई महिना पाटन अस्पतालमा राखी फुर्दिकुको उपचार गरिएको थियो ।

छोरीले खोरभित्रै शौच गर्ने, सफासुग्घर र व्यक्तिगत सरसफाइ समेत गर्न नसक्नेपछि ०८० माघ १६ गतेदेखि साँघुरो घोरमा राख्न बाध्य भएको बाबु पेमाछेतर शेर्पाले बताउनु भयो ।

छोरीको उपचार गर्न नसक्ने भएपछि विभिन्न सङ्घसंस्थालाई उपचार सहयोगका लागि याचना गर्दा इन्सेकलगायतका सामाजिक संस्थाले आर्थिक सहयोग गरेपछि ०८० फागुन १४ गते उपचारका लागि काठमाण्डौँ लगिएको छ ।

इन्सेकले फुर्दिकुको उपचारका लागि २ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।

photo 20240226 Khotang

Photo 20240226 Khotang (1)

Photo 20240226 Khotang (2)

अन्य

भिडियो