बोल्न नसक्ने अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–५ पातोका २६ वर्षीय मो. साबिर विरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले ०८० फागुन ११ गते उजुरी दर्ता गरेको छ ।
आरोपितलाई फागुन १० गते राति उनकै घरबाट गिरफ्तार गरी फागुन ११ गते उजुरी दर्ता गरेर कारवाही थालिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर शुभेश अधिकारीले बताउनु भयो ।
डाक्नेश्वरी नगरपालिका–२ गोबिन्दपुर स्थित फूलबारीमा लगेर फागुन ९ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा फागुन १० गते उजुरी दिनु भएको छ । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन १० गते स्वास्थ्य परीक्षण भएको छ ।