३८ वर्षीया अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–६ पाल्सका ३० वर्षीय दिपक टमटाविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएकाे छ ।
घरमै सुति रहेको अवस्थामा फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित महिलाका भाइ नरेन्द्र सुनारले आरोपित विरुद्ध फागुन ८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताउनुभयो ।
पीडित महिला पुर्ण रुपमा अपाङ्गता भएकोले हिडडुल गर्न नसकेको र उहाँका भाइले सदरमुकाम सिमकोटसम्म बोकी ल्याएर उजुरी दिएपछि घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ९ गते जिल्ला अस्पतालमा भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनुभयो ।