जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था की २३ वर्षीया राधा देवी मण्डललाई ०८० फागुन ६ गते ५५ वर्षीय ससुरा राजारा मण्डलले कुटपिट गरी घरेलु हिंसा गरेको भन्दै पीडितले आरोपित विरुद्ध फागुन ६ गते अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएकी छिन् ।
पीडितलाई जग्गा बाँडफाँडको क्रममा आराेपितले कुटपिट गरेको पीडितले बताउनु भयाे ।
पीडितको स्वास्थ्य उपचार फागुन ६ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।
आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको अस्थायी प्रहरी चौकी कुर्थाका असई प्रेम पुकार चौधरीले बताउनु भयाे ।