१४ वर्षीया बलात्कार पीडित बालिकालाई कानुनी प्रक्रियामा जानकालागि इन्सेक लुम्बिनी प्रदेश कार्यालयले फागुन २ गते १० हजार रूपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रकृयामा जान समस्या परेको भन्दै पीडितका तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले इन्सेलाई माघ २९ गते निवेदन दिएका थिए ।
पीडितलाई आफन्तले असार १५ गते बलात्कार गरेका कारण गर्भवती भएको भन्दै पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको आर्थिक अवस्था कमजोर रहेकोले पीडितलाई कानुनी प्रकृयाका लागि आवतजावत गर्न र कानुनी शुल्कका लागि पीडितलाई इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसीले प्रहरीका रोहवरमा हस्तान्तरण गर्नु भएको थियो ।