आगलागीबाट शक्त घाइते भएकी खार्पुनाथ गाउँपालिका–५ स्थित डाँडाबाडा याङचुकी ३९ वर्षीया लक्ष्मी सिंहलाई जिल्लामा अस्पतालमा भर्ना भएको एक साता सम्ममा पर्याप्त स्रोत साधनको अभावले उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला बाहिर रेफर गरेको छ ।
घाइतेको अवस्था जटिल र जिल्ला अस्पतालमा पर्याप्त स्रोत साधनको अभावले जिल्ला बाहिर रेफर गर्नु परेको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनुभयो ।
घरदेखि आधा घण्टा दुरीको पुर्व स्थित घाँसे मेलामा माघ २५ गते दिउसो १२ वजेको समयमा लागेको आगो निभाउने क्रममा सिंहको अनुहार र दुबै हात खुट्टामा आगोले पोलेर घाइते भएपछि सोही दिन खार्पुनाथ गाउँपालिका स्वास्थ्यचौकीमा उपचार गरिएको थियो । तर घाइतेको त्यहाँ पनि उपचार हुन नसकेपछि माघ २६ गते जिल्ला अस्पतालमा रेफर गरिएको थियो ।
जिल्ला अस्पतालमा एक हप्ता राखेर उपचार गरेपनि स्वाथ्यमा सुधार नआएपछि थप उपचारका लागि फागुन १ गते जिल्ला बाहिर रेफर गरेको घाइतेका पति मकर सिंहले बताउनुभयो । अस्पतालमै पर्याप्त स्रोत साधन भएको भए जिल्ला बाहिर लिनु नपर्ने गुनासो गर्नुभयो ।
घरको आर्थिक अवस्था निकै कम्जोर छ । बिरामी वेडमा छट्पटाइरहेको छ । जिल्ला बाहिर लिँदा हवाई भाडा समेत नभएकाले सुर्खेत स्थित प्रादेशिक अस्पताल काला गाउँमा कसरी लैजाने भन्दै समस्यामा परेको बताउनुभयो ।