INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्युतीय कारोबार ऐन विपरित समाचार लेखेको आरोपमा दुई जना पत्रकार गिरफ्तार

नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजन, कञ्चनपुरका समाचारदाता पुष्कर भट्टलाई ०८० माघ २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापा र इन्स्पेक्टर विनु शाहीका विरुद्ध पत्रकार भट्ट र कँुवरले सामाजिक सञ्जाल फेसबुकमा झुटो समाचार सम्प्रषेण गरी साइबर अपराध गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।

साईबर अपराध गरेको भन्दै पत्रकारद्धय विरुद्ध उजुरी दर्ता भएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर विद्युतीय अपराध अन्तर्गत पत्रकार कुँवर र भट्टलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताउनु भयो ।

पत्रकारहरुलाई गिरफ्तार गरेपछि जिल्ला प्रहरी कार्यालयसँग रिहाइको माग राखेर छलफल गरिएको भए पनि गिरफ्तार गरिएका पत्रकारहरुलाई रिहा नगर्ने अवस्था आएकोले पत्रकार महासंघले विज्ञप्ति जारी गरी आन्दोलन गर्ने प्रष्ट गरेको पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामीले बताउनु भयो ।

गिरफ्तार गरिएका पत्रकारहरुलाई रिहा गर्नु पर्ने माग राखेर नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका छन् ।  विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत मनसायबाट गरिएकोले सो दफा खारेजी गरिनु पर्ने पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका महासचिव रामसिंह ठगुन्नाले बताउनु भयो ।

लोकतन्त्रमा लेख्न, बोल्न र अभिव्यक्ति राख्न पाउने अधिकार संविधानमा नै व्यवस्था गरिएकोले समाचार तथा सूचना सम्प्रेषण गरको आरोपमा पत्रकारलाई गिरफ्तार गर्नु गैरजिम्मेवार कार्य भएकोले पत्रकारहरुलाई थुनामुक्त गरिनु पर्ने सुदूरपश्चिम प्रदेश सभाका सदस्य ओम विक्रम भाटले बताउनु भयो ।

लेखेकै आधारमा पत्रकारलाई गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि कार्य भएकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्यमा संलग्न प्रहरीमाथि कारबाहि गर्न विज्ञप्ति जारी गरी पत्रकार महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

press statement20240210kanchanpur (1)

press statement20240210kanchanpur (2)

press statement20240210kanchanpur (3)

press statement20240210kanchanpur (4)

अन्य

भिडियो