INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–३ गोरपालीका २० वर्षीय हर्क बुमीविरुद्ध माघ २५ गते गल्फागाड प्रहरी चौकी श्रीनगरमा उजुरी दर्ता भएको छ ।

आरोपितले माघ २५ गते अदानचुली गाउँपालिका–४ रिल्मा बनमा गाई गोरु चराउन गएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितका भाई सुरेन्द्र थापाले उजुरी दिएका गल्फागाड प्रहरी चौकीेका असई खेमराज भट्टले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २६ गते हुने जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

घटनाको उजुरी पश्चात सोही दिन असई भट्टको नेतृत्वमा आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

अन्य

भिडियो