INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

म्याङलुङ नगरपालिका–१० की ४७ वर्षीया पदमकुमारी तामाङले ४८ वर्षीय पति टिकाराम तामाङविरुद्ध घरेलु हिंसा गरेको आरोपमा माघ २४ गते प्रहरीमा उजुरी दिनु भएको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा ०८० माघ २४ गते कुटपिट गरेको पीडितको आरोप छ ।

कुटपिटका कारण शरीरका विभिन्न भागमा चोट लागेको र पतिविरुद्ध प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो ।

घटनाका विषयमा छानविन थालिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द प्रमुख असइ रीता पोखरेलको भनाइ छ ।

अन्य

भिडियो