लम्कीचुहा नगरपालिका शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्रान्तिकारी युवा सङ्ठन नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज लम्कीचुह नगरपालिका–९ का ३१ वर्षीय भुवन रम्तेललाई ०८० माघ २३ गते गिरफ्तार गरेको छ ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितहरुको खोजी कार्य गर्दै जाँदा कैलारी गाउँपालिका—७ बाट आरोपितलाई रम्तेललाई गिरफ्तार गरी अमानविय तथा अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको र फरार आरोपितहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
शिक्षाको विवरण फारम भर्न भनेर माघ २२ गते क्रान्तिकारी युवा सङ्ठन नेपालका कार्यकर्ताहरु कार्यालयमा आएर जानुभएको र कार्यालयबाट घर फर्किरहेको समयमा युवा सङ्ठन नेपालका कार्यकर्ता बताउने चार / पाँच जनाले आफूमाथि न्यौपानेलाई मोसो दलेर दुर्व्यवहार गरेको पीडित न्यौपानेले बताउनु भयो ।
०८० माघ २२ गते मोसो दलेर दुर्व्यवहार गरेको भन्दै क्रान्तिकारी युवा सङ्ठन नेपालका कार्यकर्ता विरुद्ध पीडित पक्षले माघ २३ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।