२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नगरपालिका–२ का २८ वर्षीय धनबहादुर विकलाई माघ २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई घर नजिकैको खोलामा लगेर माघ २१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितले आरोपितविरूद्ध माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको इन्स्पेक्टर पोषण थापाले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २३ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले बताउनु भयो ।