INSEC Online

📅 २०८३ जेष्ठ २१

मोसो दलेर दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

लम्कीचुहा नगरपालिका शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई ०८० माघ २२ गते मोसो दलेर दुर्व्यवहार गरको भन्दै क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ता विरुद्ध पीडित पक्षले माघ २३ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको छ ।

कार्यालयबाट घर फर्किने क्रममा क्रान्तिकारी युवा सङ्गठनका कार्यकर्ताहरुले शरीरमा मोबिल छ्यापेर आफूमाथि दुर्व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शिक्षाको विवरण फारम भर्न भनेर माघ २२ गते क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताहरु कार्यालयमा आएर जानुभएको र कार्यालयबाट घर फर्किरहेको समयमा युवा सङ्गठन नेपालका कार्याकर्ता बताउने चार / पाँच जनाले आफूमाथि दुर्व्यवहार गरेको कारण प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितहरुको  खाजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।

अन्य

भिडियो