INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–४ की २५वर्षीया यमुना सुनारलाई  २५वर्षीय पति जुनु गोडियाले माघ २१ गते मदिरा सेवन गरेर कुटपित साथै गालीगलौज गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ २२ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितले मदिरा सेवन गरी आफूलाई इच्छा विपरित यौनसम्पर्क गर्न शारीरिक तथा मानसिक यातना दिएको र बालबच्चाको पालनपोषण नगरेको पीडितले आरोप लगाउनुभएको छ ।

आरोपितविरुद्ध उजुरी दर्ता भएपछि थप कानुनी प्रकृया अघि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण बहादुर शाहीले बताउनुभयो ।

अन्य

भिडियो