INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीकी २४ वर्षीया एलिसा पुरीलाई  २६ वर्षीय पति वीरेन्द्र सुनारले माघ २१ गते मदिरा सेवन गरेर गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ २१ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितको कुटपिटबाट पीडित महिलाको टाउकोमा चोट लागेको छ । पीडितको माघ २१ गते प्रदेश अस्पतालमा उपचार भएको छ ।

आफूलाइ पतिले  मदिरा सेवन गरेर पटक पटक कुटपिट गर्ने र गाली बेइज्जत गर्दै आएको पीडितले आरोप लगाउनुभयो ।

आरोपितविरुद्ध उजुरी दर्ता भएपछि माघ २२ गते दुबै पक्षलाई बोलाएर थप कानुनी प्रकृया अघि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्षण बहादुर शाहीले बताउनुभयो

 

अन्य

भिडियो